भारतीय नेपाली स्रष्टा भगिरथ रावतको देहावसान

मुख्य समाचार

२६ जुन २०२६, कालिम्पोङ

भारतीय नेपाली स्रष्टा भगिरथ रावतको २६ जुनका दिन दुःखद निधन भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको थियो ।
साहित्यका विविध विधामा कृति प्रकाशन गरेका रावतका कृतिहरूमा असीको दशकमा भएको गोर्खाल्याण्ड आन्दोलनताका प्रकाशित त्यसै पृष्ठभूमिका दुई उपन्यास ‘ वास सल्किरहेछ’ र ‘माटोको माया’विशेष चर्चित रहेका थिए र त्यस कालखण्डको दस्तावेजका रुपमा महत्त्वपूर्ण मानिन्छन् ।
९ सेप्टेम्बर १९४९ मा जन्मेका उनका आफन्त, विरानो, ओस, म रुँदिन, क्षमा, वास सल्किरहेछ र माटोको माया उपन्यासहरू, भर, ल्यापटप, तना कथा सङ्ग्रहहरू, सहयोग नाटक, ईरा कविता स.्ग्रह लगायतका कृतिहरू प्रकाशित छन् ।
उनले गोर्खाल्याण्ड आन्दोलनसँग सम्बन्धित उपन्यासहरू “बास सल्किरहेछ” र “माटोको माया” का लागि एक लाख नगद राशी सहितको पहिलो “अगम सिंह पुरस्कार” सुवास घिसिङको हातबाट प्राप्त गरेका थिए ।

०००