गणेश रसिकको अभिनन्दन

मुख्य समाचार

१४ असोज २०८१, काठमाडौं

काठमाडौंमा एक भव्य समारोह बीच सम्पन्न वरिष्ठ स्रष्टा एवम् सङ्गीत कर्मी भोजपुरका रत्न गणेश रसिकको अभिनन्दन भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरे सेवा समाज तथा अरु ३० संघसङस्थाले तयार पारेको अभिनन्दन पत्र रसिकलाई हस्तान्तरण गरिन् । सो अवसरमा पूर्व राष्ट्रपतिले सुदर्शन श्रेष्ठ तथा शशी लुमुम्बुद्वारा सम्पादित “गणेश रसिक अभ्यर्थना ग्रन्थ” समेत विमोचन गरिन् ।
समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपतिले आफ्ना सिर्जना र कृतिहरुको माध्यमबाट समाज र राष्ट्रप्रति बिशिष्ट योगदान पु-याउकोमा सम्मान ब्यक्त गरिन् । रसिकका गीतहरुलाई उनले देशका धडकन हुन् भन्ने उपमा दिंदै रसिकको स्वास्थ्यलाभको कामना समेत गरिन् ।
भोजपुरे सेवा समाज का अध्यक्ष पासाङ दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न सो समारोहको शुरु भोजपुरे सेवा समाज परिषदका अध्यक्ष दयाकृष्ण न्यौपानेबाट स्वागत भाषणबाट भएको थियो ।
समारोहमा विशिष्ट अतिथि एस्पी कोइराला, बुलु मुकारुङ, ग्रन्थ सम्पादक सुदर्शन श्रेष्ठ लगायतले मन्तब्य प्रकट गरेका थिए ।
समारोहलाई अभिनन्दित प्रतिभा गणेश रसिकले सम्बोधन गर्दै ग्रन्थ सम्पादकहरुलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा गणेश रसिकका ३ गीतको गायन पनि प्रस्तुत गरिएको थियो ।
गणेश रसिक अभ्यर्थना ग्रन्थमा १०० बढी लेखकले गणेश रसिकका बारेमा लेखेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *