१७ असोज २०८१, काठमाडौं
विसं २०१३ देखि प्रदान गरिंदै आएको मदन पुरस्कार “मुकाम रणमैदान” कृतिका लागि मोहन मैनालीलाई तथा विसं २०४५ सालदेखि प्रदान गरिंदै आएको जगदम्बाश्री पुरस्कार भाषाशास्त्री योगेन्द्र यादवलाई एक समारोहका वीच प्रदान गरिएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले यी पुरस्कारहरु प्रदान गरेका हुन् ।
यी दुबै पुरस्कारहरु चार चार लाख राशीका रहेका छन् ।
समारोहमा प्रा.डा. कटक मल्लले विद्वत् प्रवचन दिएका थिए ।