विश्वपरिक्रमा डेस्का
२५ सेप्टेम्वर, वाशिंटन डिसी
संयुक्त राष्ट्र संघको ७६औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली प्रमण्डलको नेताका रुपमा न्यूयोर्क आइपुगेका नेपाल सरकारका पररास्ट्र मन्त्री माननिय डा. नारायण खडकाको स्वागत, सम्मान तथा अन्तरकृया कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, गैर आवासिय नेपाली संघ, न्यूयोर्क च्याप्टर तथा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजनमा २६ सेप्टेम्वर आइतवार दिउँसो २.३० बजे सत्य नारायण मन्दिरमा गरिने भएको छ ।