५ चैत २०८१ चैत, काठमाडौं।
प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ९८ औं जन्मजयन्तीको अवसरमा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति केके कर्माचार्यले निबन्धकार विजय चालिसेलाई ५० हजार राशीको “शंकर लामिछाने पुरस्कार” तथा निबन्धकार पवन आलोकलाई २५ हजार राशीको “शंकर लामिछाने सम्मान” प्रदान गरे । पुरस्कार प्रदान गरेपछि उनले योग्य व्यक्तिलाई योग्य पुरस्कार प्रदान गरिएकोमा खुसी प्रकट गरे ।
सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित “शंकर सन्दर्भ” ग्रन्थको लोकार्पण पनि गरियो र यसका सम्पादक पारसप्रकाश नेपाललाई पनि सम्मान समेत गरियो ।
कार्यक्रममा पुरस्कृत एवम् सम्मानित स्रष्टाहरूका योगदानबारे समालोचक प्रमोद प्रधानले चर्चा गरेका थिए । पुरस्कृत प्रतिभाहरुले पनि सो अवसरमा मन्तब्य राखेका थिए ।
सो कार्यक्रमको शुरुआतमा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाको परिचय र पुरस्कार सम्मान प्राप्त गर्नु हुने लगायत उपस्थित सबैको स्वागत गरेका थिए ।
प्रतिष्ठानका संरक्षक सविता ढुंगानाले संस्था दर्ता गरेदेखिका गतिविधिमा प्रकाश पारिन् ।
सो अवसर, दया फाउन्डेसनका किपा माथेमा तथा आख्यानकार पद्मावती सिंहले समेत मन्तव्य प्रकट गरेकी थिइन् ।