योगमाया नारी स्रष्टा सम्मान र अभियन्ता सम्मान घोषणा

समाचार साभार रचना

काठमाडौं, ९ असार २०८०

नेपाल स्रष्टा समाजले वर्षेनी प्रदान गर्दै आइरहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ तथा ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान’ को घोषणा गरेको छ । समाजको कार्यसमितिको शुक्रबार बसेको बैठकले विसं २०८० को ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ प्रसिध्द लेखक तथा नारीकेन्द्रित खाद्य एवं पोषण अभियानकर्मी डा. अरुणा उप्रेतीलाई तथा  ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील स्रष्टा तथा अभियानकर्ता श्री चन्द्रबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा आदरपत्र तथा २५ हजार १११ रुपैयाँ र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा आदरपत्रका साथ (यस वर्षदेखि) ३५ हजार नगद राशि प्रदान गरिनेछ  । असार २२ गते योगमाया दिवसका दिन यो सम्मान प्रदान गर्ने परम्परा रहिआएको छ ।

स्मरणीय छ, योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक साहित्यकार पवन आलोक हुन् भने योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपाने तथा परिवार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *