पाँच स्रष्टालाई फेडोल उत्कृष्ट सिर्जना सम्मान गरिने

समाचार

३ भाद्र २०८०, काठमाडौं

फेडोल साहित्य प्रतिष्ठानले साहित्यका विविध विधामा कलम चलाउँदै आएका पाँच स्रष्टालाई सम्मान गर्ने भएको छ।  प्रतिष्ठानको हालै बसेको कार्य समितिको बैठकले सो  निर्णय गरेको हो।

प्रतिष्ठानले जनाए अनुसार फेडोल  २०७६ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मान  ‘मित्रताको आकाश’ कवितासंग्रह का लागि कवि मातृका पोखरेललाई, २०७७ सालका लागि ‘नियात्रा विधा: परिचय’का लागि जय छाङ्छालाई  र २०७८ सालको ‘अब उप्रान्त’ कथासंग्रहका लागि नवराज रिजाललाई प्रदान गरिने भएको छ। त्यसैगरी २०७९ सालको फेडोल उत्कृष्ट सिर्जना सम्मानमा आख्यानतर्फ‘रित्तो रथ’ कथासंग्रहका लागि  कथाकार रत्न प्रजापतिलाई  र  ‘श्रीधरा’ महाकाव्यका लागि गणेश घिमिरे मार्मिकलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष राममणि ढुंगेलले विश्वव्यापी महामारी कोभिडका कारण केही समयदेखि रोकिएको फेडोल उत्कृष्ट सिर्जना सम्मान चाँडै प्रदान गर्ने  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *