कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार उत्कृष्ट ५ पुस्तकको सूची

समाचार

३ भाद्र २०८१, चितवन

कविडाँडा साहित्य समाज चितवनले बर्षेनी बितरण गर्दै आएको १ लाख २५ हजार राशीको “कविडाँडा आख्यान पुरस्कार” का लागि उत्कृष्ट ५ आख्यान कृतिको छोटो सूचि सार्जनिक गरेको छ ।
कवि डाँडा साहित्य समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित बिज्ञप्ति अनुसार सूचिकृत ५ आख्यान कृतिहरुमा सानु शर्माको “अर्को देशमा”,कृष्ण गौतमको “अद्वैत”,गोविन्दप्रसाद कुसुमको “भृकुटी”,विश्व कुईंकेलको “गोपिचा” तथा रोशन थापा नीरवको “सन्त्रासका साठी दिन” रहेका छन् ।
यी कृतिहरुमध्ये एक कृतिले विसं २०८० सालको “कविडाँडा आख्यान पुरस्कार” प्राप्त गर्नेछ ।
यसअघि साउन २१ गते १० उत्कृष्ट सूचि प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *