टुक्का कविता लेखन चौथो वार्षिकोत्सव सम्पन्न

समाचार

२७ साउन २०८०, काठमाडौं

टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवका अवसरमा टुक्का साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सात थान पुस्तकहरूको विमोचन सहित स्रष्टाहरूलाई सम्मान गर्यो।

साहित्यकार ताराप्रसाद चापागाईको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राई,प्राज्ञ परिषदका सदस्य बाबा बस्नेत,हंसावती कुर्मी तथा छिमेकी राष्ट्र भारतबाट आएका साहित्यकार डा.विजय शर्मा पण्डित,डा.देवी पन्थी लगायतका साहित्यकारहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा मोफसलबाट समेत आएका कविहरूको बाक्लो उपस्थिति रहेको थियो।

समारोहमा पुष्पा राईद्वारा लिखित पुष्पाश्री टुक्का कविता सङ्ग्रह,म्यामराज राईद्वारा लिखित महक टुक्का कविता सङ्ग्रह,भगवती ज्ञवालीद्वारा लिखित बन्धन टुक्का कविता सङ्ग्रह,राजेन्द्र पासाद्वारा लिखित तरङ्गित छालहरू टुक्का कविता सङ्ग्रह तथा ताराप्रसाद चापागाईद्वारा सम्पादित ऐतिहासिक टुक्का यात्रा र वशन्त अनुभवद्वारा सम्पादित व्यङ्ग्य कन्तुरको विमोचन गरिएको थियो।

कार्यक्रमको सञ्चालन साहित्यकार चूडा शर्माले गरेका थिए।

(सुभाषचन्द्र पौडेल काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *