अविनाथ राईलाई किराया कृष्णकुमारी राई स्मृति पुरस्कार

मुख्य समाचार

२२ साउन २०८१, काठमाडौं

तथा नेपाल सरकारका पूर्व उपसचिव साहित्यकार अविनाथ राई किरात राई यायोक्खाको ३७औं वार्षिकोत्सवका अवसरमा “किराया कृष्णकुमारी राई स्मृति पुरस्कार–२०८१” बाट सम्मानित भएका छन् ।
उनी “वाम्बुले राई शब्दकोश” (२०५७) का कोशकार हुन् । उनका “किरात वाम्बुले राई जाति र द्वावाङ्चा वंशावली” (२०६८) र वाम्बुले भाषाको कविता संग्रह “क्वाल खातिर” (एउटा बिस्मात) २०७४ प्रकाशित छन् ।
स्मरणीय छ, पुरस्कृत अविनाथ राईले युसास अर्थात् युवा साहित्य समाजको मुखपत्र गोजिका पत्रिका “पूर्वार्ध” को सम्पादन गरेका थिए भने पछि सो पत्रिका तरलतावादीहरुको समूहले तरलतावादको मुखपत्रको रुपमा प्रकाशित गरेका थिए ।

Leave a Reply