१८ कार्तिक २०८०, काठमाडौं
हामी र हाम्रो कृति समूहको आयोजनामा बालुटारस्थित चिल्ड्रेन मोडेल स्कूलमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा उपलब्ध गराइएको मञ्चमा मुक्तककार टेकराज भट्टद्वारा रचित ‘मौन आवाज’ मुक्तक सङ्ग्रहको विमोचन सम्पन्न भएको छ।
समूहका सचिव लव खड्काको सभापतित्व तथा कवि तथा गीतकार विजयध्वज थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मञ्चमा आसिन अतथिहरुबाट सामुहिक रुपमा ‘मौन आवाज’ को सामूहिक विमोचन भएको हो।
हामी र हाम्रो कृति समूहको सातौँ सृङ्खला अन्तर्गतको यो कृतिका बारेमा समूह सदस्य मदन नेपालले संक्षिप्त जानकारी दिएका थिए भने कृति ‘मौन आवाज’का बारेमा समीक्षक गणेशबाबु अधिकारीले संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए।
कार्यक्रममा प्रा.डा.गोविन्दमान सिंह कार्की तथा प्रमुख अतिथि विजयध्वज थापाले कृति र कृतिकारका बारेमा बोलेका थिए ।
कृतिकार टेकराज भट्टले आफ्नो लेखनीबारे प्रकाश पार्दै कृति ‘मौन आवाज’ भित्रका केही मुक्तकहरू वाचन गरेका थिए । सोही कृतिभित्रबाट कविहरू मुकुन्द न्यौपाने,हरि गौतम,सुभद्रा अधिकारी,उत्तम नेपाल,नम्रता उप्रेती,मानन्धर अभागी,शम्भु गजुरेल,सुशील रिजाल,सुरेश बैद्य,बद्री उप्रेती,महेश रिजाल,राधा भट्ट,नानी बाबा अधिकारी,नवराज पोखरेल,पूर्णबहादुर श्रेष्ठ,भीष्मराज ढुङ्गेल,विष्णु थापा, रुद्र अधिकारी आदिले मुक्तक वाचन गरेका थिए।
कार्यक्रममा समूह सदस्य नम्रता उप्रेतीले स्वागत मन्तव्य राखेकी थिइन् भने सुनील अधिकारी तथा समूह सदस्य बद्री उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन भुवन सिवाकोटीले गरेका थिए।
(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)