प्रतिभा पुरस्कारको घोषणा

मुख्य समाचार

९ असार २०८०, काठमाडौं

२०३९ सालमा जनस्तरबाट स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७९ सालका विभिन्न विषय र विधामा ६ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले जनाए अनुसार ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई, ५० हजार राशिको ज्वालाप्रसाद प्रतिभा पुरस्कार कवि तथा नाट्यकर्मी अशेष मल्ललाई, ५० हजार राशिको दीनवन्धु गोयल प्रतिभा पुरस्कार कैलालीको धनगढीका साहित्यकार पद्मराज जोशीलाई, ५० हजार राशीको लीलानाथ–विश्वमञ्जरी धर्म–संस्कृति प्रतिभा पुरस्कार सुनसरीको धरानस्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई २० हजार राशीको षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई, २० हजार राशिको विराटलक्ष्मी प्रतिभा पुरस्कार झापाकी उपन्यासकार जानुका खतिवडालाई प्रदान गरिनेछ ।

प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारहरूको निर्णय गरेको हो ।

उक्त पुरस्कारहरु असार २९ गते भानु जयन्तीका दिन समर्पण गरिनेछन् ।

विराटनगरलाई मूल थलो बनाएका साहित्यकारद्वय नरेन्द्र चापागाईं र दधिराज सुवेदीको पहलमा यो प्रतिष्ठान स्थापना गरिएको थियो र पुरस्कारको थालनी भएको थियो । प्रतिभा पुरस्कार पहिलो पटक साहित्यकार नारद ओझालाई प्रदान गरिएको थियो । स्थापनाकालमा यो पुरस्कारको राशि १ हजार रहेको थियो ।

(फोटो सौजन्यः सरलपत्रिका डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *