१२ कार्तिक २०८१, काठमाडौं
विसं २०८१ सालको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ५५ हजार ५५५ रहेको छ ।
त्यसै गरी विसं २०८१ सालको लोककवि चेतबहादुर बरुवाल स्मृति लोकसाहित्य पुरस्कार प्रा.डा. कुसुमाकर न्यौपानेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी १५ हजार ५ सय रहेको छ ।