‘विशृङ्खलित सपना’ लोकार्पित

मुख्य समाचार

१२ साउन २०८१, काठमाडौं

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काईंला तथा लेखकसहित मञ्चासिन अतिथिहरुले अनामनगर काठमाडौंमा आयोजित एक समारोहका वीच कथाकार गोपी मैनालीको कथासंग्रह “विशृंखलित सपना” को लोकार्पण गरे । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि काइँलाले समालोचक एवम् निबन्धकारले नेपाली वाङ्मयलाई कथा बिधामा पनि कृति दिएकोमा बधाइ दिंदै समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताए ।
बिमोचित कृतिमाथि समालोचक प्रा डा लेखप्रसाद निरौलाले समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथाबस्तुका आधारमा मैलालीका कथा निकै उच्च कोटीको भएको विचार ब्यक्त गरे ।
अतिथि पूर्व महालेखा परीक्षक टंकमणि शर्माले इमान्दारिता र सदाचारिताका उदाहरणीय पूर्व प्रशासककाट सुन्दर कथा सिर्जना भएकोमा बधाई ज्ञापन गरे ।
अतिथि नायक सरोज खनालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरुले पनि योगदन दिन अनुरोध गरे ।
सो अवसरमा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका राजेन्द्र केसी तथा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीले शुभकामना मन्तब्य दिएका थिए ।
समारोहलाई विमोचित कृतिका स्रष्टा कथाकार गोपी मैनालीले पनि आफ्नो लेखकीय मन्तब्य प्रकट गरेका थिए ।
अध्यक्षताको आसनबाट सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न सो बिमोचन समारोहको कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गरेका थिए ।

Leave a Reply