मदन पुरस्कारका केही रोचक जानकारी

साहित्यिक कीर्तिमान

विश्वदृष्टिको कलमबाट

१, मदन पुरस्कार गुठीको स्थापना विसं २०१२ मंङ्सिर २८ गते भएको हो ।
२, मदन पुरस्कार विसं २०१३ सालबाट वितरण प्रारम्भ भएको हो र पहिलो बर्ष बलराम जोशी, चित्तरञ्जन नेपाली र सत्य मोहन जोशीले पाएका थिए ।
२, मदन पुरस्कार सत्यमोहन जोशीले विसं २०१३, २०१७ तथा २०२८ गरी तीनपल्ट प्राप्त गरेका थिए । पहिलोपल्ट अरु २ जनासँग, दोश्रोपल्ट अरु १ जनासँग र तेश्रोपल्ट अरु ४ जनासँग ।
३, मदन पुरस्कार एकैपल्ट पाँच जनाले दामासाहीमा पाएको २०२८ सालमा हो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट अनुसन्धान गरी प्रकाशित कर्णाली लोकसँस्कृतिका ५ भाग पुस्तकलाई एकसाथ प्रदान गरिएको थियो ।
४, मदन पुरस्कार पाउने पहिलो उपन्यास “मन” थियो र उपन्यासकार थिए लीलाध्वज थापा ।
५, मदन पुरस्कार पाउने प्रथम लेखिका थिइन् पारिजात । उनको “शिरिषको फूल” ले विसं २०२२मा पाएको थियो ।
६, मदन पुरस्कार बिसं २०३१ र २०३३ सालमा कसैलाई दिइएन ।
७, मदन पुरस्कार पाउने पहिलो कथा सङ्ग्रह रमेश विकलको “नयाँ सडकको गीत” हो । उनलाई बिसं २०१७ सालमा प्रदान गरिएको थियो ।
८, मदन पुरस्कार पाउने पहिलो कविता सङ्ग्रह भीमनिधि तिवारीको “विस्फोट” हो । उनलाई विसं २०१७ सालमा प्रदान गरिएको थियो ।
९, मदन पुरस्कार पाउने पहिलो नाक मोहनराज शर्माको “बैकुण्ठ एक्सप्रेस” थियो । उनलाई विसं २०४२ सालमा प्रदान गरिएको थियो ।
१०, मदन पुरस्कार पाउने पहिलो बिदेशी फादर विलियम बर्क थिए, उनलाई “सही शब्द” का लागि बिसं २०५१ सालमा प्रदान गरिएको थियो ।
११, मदन पुरस्कार एकैपल्ट घोषणा गरिने परम्परा रहेकोमा विसं २०७२ सालदेखि उत्कृष्ट सूचि प्रकाशित गर्न थालियो ।

000

Leave a Reply

Your email address will not be published. Required fields are marked *