मिरिकको साहित्य सुनौं १००औं श्रङ्खलामा नेपाल स्रष्टा समाज

मुख्य समाचार

१७ कार्तिक १७, २०८०, मिरिक

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”, संरक्षक पवन आलोक, सल्लाहकार नगेन्द्रराज शर्मा, उपाध्यक्ष चेतनाथ कणेल “हरित”, महासचिव देविका तिमिल्सिना, सचिव प्रकाश घायल, कोषाध्यक्ष तारा सुवेदी, तथा सदस्यहरू शंकर भारती, डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी “चेतनपथ” सम्मिलित साहित्यिक टोली भारतको  मिरिक स्थित  “साहित्य  सुनौं परिवार”को आयोजनामा सम्पन्न १००औं श्रङ्खलाको साहित्य सुनौं कार्यक्रममा  सहभागि भयो । कार्यक्रममा टोलीमा संलग्न सम्पूर्ण साहित्यकारहरूले मन्तव्यसहित रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्य सुनौं परिवार मिरिककी कोषाध्यक्ष डा. कमला तामाङद्वारा अनुवादित लघुकथा सङ्ग्रह “बिरानो बन्दै गाउँ”को  लोकार्पण गरिएको थियो ।

मिरिक नगरी भूपू सैनिक सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मोहन ठकुरी, अध्यक्ष राई कार्यक्रम संयोजक डा. कमला तामाङ,शीला लामा, एस.बी. गजमेर, अर्जुन प्रधान, गोकुल रासाइली, अजङ्ग प्रधान, लक्ष्मी गुरुङ, अमर दुङ्माली, विनोद खाती, शान्तप्रकाश राई, युवराज भण्डारी, केसाङ लामा, जीनर घतानी, मनिता तामाङ र दीप जोशीले आ-आफ्नो रचना वाचन गरेका थिए ।

दार्जिलिङका वरिष्ठ साहित्यकार मोहन ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता परिवारका अध्यक्ष  आर.डी. राईले गरेका थिए  ।

श्रष्टा समाज नेपालको टोली अहिले नेपाली भाषी क्षेत्रको भ्रमणमा रहेको छ । मिरिकपछि यो टोली दार्जीलिङ, सिक्किम र सिलिगढीका कार्यक्रमहरुमा सहभागी हुने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”ले विश्वपरिक्रमालाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *