अमेरिकी राजदूतले भेटे प्रधानसेनापति

मुख्य समाचार साभार रचना

विश्वपरिक्रमा डेस्क
३० सेप्टेम्वर, वाशिंटन डिसी

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका प्रधान सेनापति वीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।
निर्देशनालयले जनाए अनुसार भेटका अवसरमा दुवैबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको थियो ।
नेपाली सेनाका अनुसार ‘भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,” ।
केही दिन यता प्रधान सेनापतिसँग भारत, चीन, पाकिस्तानलगायतका प्रतिनिधिले यस्तै भेटघाट गरेका छन् ।
प्रधान सेनापति प्रभुराम शर्माले पद सम्हालेपछि यो शिष्टाचार भेट भएको हो ।
(फोटोः कान्तिपुरवाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *