१४ जुलाई २०२३, वाशिंटन डिसी
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो आजैका दिन अर्थात् २९ असार विसङं १८७१ मा तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मेका थिए ।
रामायणलाई नेपाली भाषामा उल्था गर्ने श्रेय उनलाई छ । उनले अनुवाद गरेको रामायणलाई भानुभक्तको रामायण पनि भन्ने गरिन्छ ।
उनले तत्कालिन समयको परिवेशमा सिर्जना गरेको समसामयिक कविता आज पनि उत्तिकै सान्दर्भिक मानिन्छ । कर्मचारीको ढिलासुस्तीलाई लिएर उनले लेखेको “भोलिभोलि भन्दैमा सब घर वितिगो बक्सियोस् आज झोली” आज पनि उत्तिकै चोटिलो छ ।
उनले गजाधरकी श्रीमतीले वास नदिंदा लेखेको कविता आक्रोश र व्यङ्ग्यको नमूना हो । त्यस्तै थुनुवामा पर्दा लेखेको कविता पनि ब्यङ्ग्यका नमूना हुन् ।
उनले लेखेको “बधुशिक्षा” लाई भने महिला विरोधी रचनाको रुपमा आलोचना गरेको पाइन्छ । तर ती कविता तत्कालीन समयको सन्दर्भमा हेरिनुपर्छ भन्ने मत पनि पाइन्छ ।
भानुभक्त जयन्तीमा विश्वभर कार्यक्रमहरुको आयोजना गरिन्छ । नेपाली भाषी समुदाय भएको विश्वको कुनाकुनामा भानु जयन्ती मनाइन्छ ।
सम्भवतः संसारभर सबैभन्दा बढी भानुभक्तको शालीक बनेका छन् । वाटोका नाम राखिएका छन् । स्कूल कलेजका नाम राखिएका छन् ।
भानुको जन्मस्थलमा हरेक बर्ष बिशेष कार्यक्रमको आयोजना गरी भानु जयन्ती मनाइन्छ ।
काठमाडौंमा भानुभक्तको तस्वीरलाई बघ्घीमा राखी सरकारी तवरबाटै नगर परिक्रमा गरी समारोहको आयोजना गरिन्छ । सिक्किम दार्जीलिङमा पनि विशेष समारोहको आयोजना गरी राष्ट्रिय उत्सवको रुपमा भानु जयन्ती मनाउने परम्परा रहेको छ ।
उनको निधन विसं १९२५ असोज ६ गते भएको थियो ।