नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

मुख्य समाचार

२० पुस २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । समाजको १७ औँ स्थापना दिवसको अवसरमा पुस १३ गतेदेखि १९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको अन्तिम दिन समीक्षा बैठक गरेर समापन भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सात दिनसम्म निरन्तर कार्यक्रम गर्नसक्नु समाजको लागि मात्र नभएर अरु संस्थाका लागि पनि ऐतिहासिक र उदाहरणीय भएको बताए ।  स्रष्टा समाजले सप्ताहव्यापी कार्यक्रम गरेर साहित्यिक क्षेत्रमा सबैको ध्यान केन्द्रित गर्नसकेकोमा संरक्षक पवन आलोकले बधाइ दिए । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले सप्ताहव्यापी कार्यक्रम गर्न ठूलो चुनौती स्वीकार गरेको भए पनि सबैको सहयोगबाट सफल भएकोमा आभार प्रकट गरे ।

कार्यक्रममा महासचिव देविका तिमिल्सिना, बागमती प्रदेश संयोजक रवीन्द्र आशीष शैली र कर्णाली प्रदेश संयोजक देवकी तिमिल्सिनाले पनि सप्ताहव्यापी कार्यक्रम बारे मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *