विसं २०८० को बिपी साहित्य सम्मान राजेन्द्र विमललाई

मुख्य समाचार

१८ भदौ २०८०, काठमाडौं

 

जननायक बिपी कोएराला स्मृति ट्रष्टले विसं २०८० को “बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार” बरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गरिने घोषणा भएको छ । ट्रष्टले हरेक बर्ष साहित्य सम्मान तथा प्रजातन्त्र सेनानी पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

यस सम्मानका साथ १ लाख १ हजार राशी प्रदान गरिनेछ ।

साहित्यकार डा. ध्रुबचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोखरेल तथा डा. ज्ञानु पाण्डे सदस्य रहेका छनौट  समितिको सिफारिसमा यो निर्णय गरिएको हो ।

महासचिव रामचन्द्र पोखरेलका अनुसार सो सम्मान बिपी कोइरालाको ११०औं जन्म जयन्तीका अवसरमा  २२ भदौ २०८० का दिन राष्ट्रपतिको हातबाट समर्पण गरिनेछ ।

Leave a Reply