मन्थली पुगे राजधानीका साहित्यकारहरु

मुख्य समाचार

१३ पुस २०८०, काठमाडौं

नेपाली साहित्यका जुझारु र निर्भिक साहित्यकार जगदीश घिमिरेले आफ्नो जीवनकालमा बर्षेनी राजधानीबाट आफ्नो जन्मथलो रामेछापको मन्थलीमा साहित्यकारको टोली लगेर साहित्यिक कार्यक्रम गर्ने गर्थे । उनको देहान्तपछि पनि यो परम्पराले निरन्तरता पाइरहेको छ ।
जगदीश घिमिरेकी पत्नी दुर्गा घिमिरे, जो स्वयम् उत्तम पुरस्कारप्राप्त लेखिका हुन् र जेष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार नगेन्द्रराज शर्मा जो जगदीश घिमिरेका सहोदर दाई हुन् लगायतले यो परम्परालाई निरन्तरता दिन साथ दिएका छन् । उनीहरुकै पहलमा यस बर्ष पनि राजधानीका साहित्यकारहरु मन्थली पुगेका हुन् ।
साहित्यकारहरुको टोलीमा कवि तथा साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, अश्विनी कोइराला लगायत रहेका छन् । टोलीमा नगेन्द्रराज शर्मा तथा दुर्गा घिमिरे समेत भ्रमण संलग्न रहेका छन् ।

Leave a Reply