नेपाल स्रष्टा समाजको सप्ताहव्यापि कार्यक्रम उद्घाटन सम्पन्न

मुख्य समाचार

 

१३ पुस २०८०, काठमाडौं

नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमको उद्घाटन ललितपुरको पाटन सङ्ग्रहालयमा प्रमुख अतिथि प्राडा गोविन्दराज भट्टराईले गरे ।
सो अवसरमा पर्या तथा सम्पदा कवि गोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा कविहरु नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, भीष्म उप्रेती, नरेन्द्रराज पौडेल, विजय हितान, भारती न्यौपाने, सीता कणेल, जीवनाथ पोखरेल, डा.हिमलाल श्रेष्ठ, बुद्धिमान मर्हजन र राजेशमान केसीले कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराइले वि.सं. २०६४ मा नै पर्या साहित्यको सिद्धान्त निर्माण भइसकेको र अहिलेसम्म तीनजनाले विद्यावारिधिसमेत गरिसकेको बताए ।
सोही समारोहमा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’ को ३०औं अङ्कको विमोचन गरिएको थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा सम्पन्न सो समारोहमा सङ्ग्रहालयका प्रमुख मन्जु भण्डारी थापा, संरक्षक पवन आलोक, उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’, महासचिव देविका तिमिल्सिना र विश्वविमोहन श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *