२० साउन २०८०, काठमाडौं
विशिष्ट कवि तथा संस्कृतिविद तुलसी दिवस दुवईमा सम्मानित हुने भएका छन् । साहित्य पोष्ट अन्तरगत संचालन हुंदै आएको“साहित्यवार्ता : स्रष्टा र सिर्जना” ले उनलाई ५०औं श्रृंखला पुगेको उपलक्षमा “विशेष सम्मान” ले सम्मानित गर्न लागेको हो ।
त्यसैगरी साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइरालाई समेत सम्मान गरिने भएको छ ।
गायक राज सिग्देललाई समेत सो कार्यक्रममा सम्मान गरिने भएको छ ।
यस कार्यक्रमलाई “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम” नामाकरण गरिएको छ ।