बुध्दि-रेशम स्मृति स्रष्टा सम्मान समर्पण

मुख्य समाचार समाचार

काठमाडौं, १ असार २०८०

 

जलरिका साहित्य प्रतिष्ठानले बुध्दि-शम स्मृति स्रष्टा सम्मान  साहित्यकार द्वय डा. ध्रुवचन्द्र गौतम र प्रा डा अभि सुवेदी तथा कलाकारश्यामलाल श्रेष्ठलाई एक समारोह वीच सम्मान अर्पण गरियो ।

सम्मानका साथमा सरस्वतीको मूर्ती, नगद एक लाख रहेको छ ।

समारोहमा प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले सरस्वती  मूर्ति,,प्रतिष्ठान संरक्षक कवि द्वारिका श्रेष्ठले  माला र जलेश्वरी श्रेष्ठले १लाख नगद समर्पण गरेका थिए ।

कवि द्वारिका श्रेष्ठको माता -ताको नाममा  स्थापित सम्मान २०६९ देखि साहित्य र कलाको क्षेत्रमा समर्पित स्रष्टाहरूको अतुलनीययोगदानका लागि प्रदान गरिंदै आएको छ।

कार्यक्रमको शुरूमा प्रतिष्ठानका सचिव रोशन थापा नीरवले स्वागत भाषण गरेका थिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय ध्रुवचन्द्र गौतम र डा. अभि सुवेदीको परिचय प्रा डा गोविन्दराज भट्टराईले गरेका थिए । कलाकारश्यामलाल श्रेष्ठको परिचय कला समीक्षक मुकेश मल्लले दिएका थिए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

स्मरणीय छ जलरिका साहित्य प्रतिष्ठान लेखिका जलेश्वरीको जल र कवि द्वारिका श्रेष्ठको रिका मिलाई जलरिका नामाकरण गरिएकोहो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *