विश्वपरिक्रमा डेस्क
१९ अगस्त, वाशिंटन डिसी
नेपालस्थित अमेरिकी राजदूतावासले भर्चुअल रुपमा आगामि भदौ ७ गते गाईजात्रा मनाउने भएको छ ।
सो कार्यक्रममा चर्चित गायक प्रकाश सपुतले गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा माल्विका सुब्बाले एक छलफलको कार्यक्रको प्रस्तुति दिनेछिन् जसमा अमेरिकी राजदूत -याण्डी बेरी, निरंजन कुँवर, तथा पिंकी लामाले नेपालमा LGBTQI+ अभियान तथा वहाँहरूको अधिकारको अवस्थाबारे बोल्नेछन् ।
उक्त कुरा दूतावासको आधिकारिक फेसबुक पेजमा जनाइएको छ ।
(फोटो:दूतावासको फेसबुकबाट)