४ नोभेम्वर २०२३, सिलगढ़ी
बुक एन्ट,सालबारी सिलगढ़ीमा आयोजित समारोहमा स्रष्टा मुक्तिप्रसाद उपाध्यायका तीन वटा पुस्तक पदचिह्न पहिल्याउँदै (उपन्यास), समीक्षा गुच्छ (समीक्षा सङ्ग्रह) र संस्मरण गुच्छ (संस्मरण सङ्ग्रह) लोकार्पण भएको छ । साहित्य अकादेमी पुरस्कार प्राप्त पद्मश्री सानु लामा (सिक्किम)को अध्यक्षतामा सम्पन्न सो समारोहको प्रमुख अतिथि रुद्र पौडेल (साहित्यकार प्रोफेसर, सिक्किम) थिए । विशिष्ट अतिथिहरूमा साहित्य अकादेमी पुरस्कार प्राप्त लोकनाथ उपाध्याय चापागाइँ, सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा,युवराज काफ्ले, राजेन मोक्तान, डा. घनश्याम नेपाल रहेका थिए ।
पुस्तक निरुपण प्रसिद्ध समालोचक जय क्याक्टस गुऱुङले गहकिलो ढङ्गले गरेका थिए । लेखक परिचय गीतकार नाटककार कृष्ण बस्नेतले प्रस्तुत गरेका थिए ।
सोही समारोहमा पद्मश्री सानु लामाको कथा सङ्ग्रह “दुख्नु उत्तिकै छ” को पनि विमोचन भएको थियो । सानु लामाबारे कृष्ण बसानेतले बोलेका थिए । पुस्तकबारे साहित्य अकादेमी बाल साहित्य पुरस्कार प्राप्त कवि साहित्यकार भविलाल लामिछानेले आफ्ना भनाइ राखेका थिए ।
सुरज गुरुङले प्रस्तावना राख्नु थिए भने साहित्यकार बबिता मादेनले कार्यक्रम सञ्चालन गरेकी थिइन् । सबै अभ्यागतहरुलाई कवि राजा पुनियानीले धन्यवाद ज्ञापन गरेका थिए ।