२५ लघुकथा सङ्ग्रह एकसाथ बिमोचन हुँदै (अद्यावधिक समाचार)

समाचार

३० साउन २०८१, काठमाडौं

नेपाली साहित्यमा अत्यन्त उर्वर देखिएको कथाको एक रुप लघुकथाको २६ पुस्तकहरु एकसाथ ३ भदौ २०८१ का दिन काठमाडौंमा विमोचन हुने भएको छ ।
ती २५ लघुकथा सङ्ग्रहका स्रष्टाहरुमा खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल सङ्ग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, विश्वराज अधिकारी, डा.कुसुमाकर शर्मा गौतम, तेजप्रकाश श्रेष्ठ, रञ्जु खनाल, शुक्रराज कुँवर, निर्मला बराल, अञ्जु शर्मा, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, प्रा.डा. कपिल लामिछाने, डा. हरिप्रसाद भण्डारी, गङ्गा खड्का, छविलाल खड्का, रोशन पराजुली, पी.पी. कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेल रहेका छन् ।
स्मरणीय छ, केही बर्ष यता यसरी नै सामुहिक रुपमा लघुकथाका कृतिहरु भदौको पहिलो साता विमोचन गरिंदै आएको छ ।
अहिलेसम्ममा सर्वाधिक लघुकथाका पुस्तकहरु बिमोचन हुँदैछ र यो एक प्रकारको लघुकथा मेला वा उत्सव झैं हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *