नेपाल बालसाहित्य समाजका चार पुरस्कारको घोषणा

मुख्य समाचार

२० कार्तिक २०८०, काठमाडौं

नेपाल बालसाहित्य समाजले २०८० सालका विभिन्न विधा र क्षेत्रमा योगदान पुर्‍याउनु हुने चार जना स्रष्टालाई पुरस्कारको घोषणा गरेको छ । समाजले जारी प्रेस विज्ञप्ति अनुसार देवीप्रसाद वनवासीलाई नेबासास चूडा-चरण बालजीवनी पुरस्कार, देवीना प्रधानाङ्लाई नेबासास बालनियात्रा/लोकवार्ता पुरस्कार, डा. अच्युतशरण अर्याललाई नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र डा.गेहेन्द्रभूषण पोखरेलीलाई नेबासास  मुकेश-जनक बालविज्ञान पुरस्कार प्रदान गरिने भएको छ । यी चार पुरस्कारमध्ये अघिल्ला तीन पुरस्कार २०७९ सालदेखि दिन थालिएको हो भने पछिल्लो पुरस्कार यसै वर्ष स्थापना भएको हो ।

अघिल्ला तीन पुरस्कारका लागि क्रमशः साहित्यकारहरू डा. चूडामणि बन्धु, तेजप्रकाश श्रेष्ठ र डा. ध्रुवकुमार घिमिरेका सन्ततिहरूले अक्षयकोष राखिदिएका छन् । यस्तै पछिल्लो पुरस्कारको लागि  डा. मुकेशकुमार चालिसे र विघटित संविधानसभा सदस्य जनक चालिसेले अक्षयकोषको व्यवस्था गरेका छन् । सबै पुरस्कारको रकम रु. १५,०००/- रहेको छ । यी सबै पुरस्कारहरू प्यूठानमा हुने २८ औं राष्ट्रिय बालसाहित्य सम्मेलनमा प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *