नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङमा

मुख्य समाचार

१८ कार्तिक २०८०, दार्जिलिङ

 

नेपाली भाषी पूर्बोत्तर भारतको भ्रमणमा रहेको नेपाल स्रष्टा समाजका साहित्यकारहरु दार्जिलिङको साहित्यिक समारोहमा सहभागी भए ।

कार्यक्रममा अभिव्यक्ति पत्रिकाका संस्थापक सम्पादक, साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी तथा साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मान गरेको थियो  ।

गुठीका संरक्षक एनबी क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष साहित्यकार प्रेम प्रधानले  सम्मान गरेका थिए ।

सो अवसरमा नेपाल स्रष्टा समाजका साहित्यकारहरूलाई पनि अतिथिको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. गीता क्षेत्री  द्वारा लिखित दृश्यानुभूति (विविध विधाको रचना सङ्गालो) र डा. नकुल क्षेत्रीद्वारा सम्पादित भारतीय नेपाली साहित्यको सय वर्ष शीर्षकका पुस्तकहरू लोकार्पण गरिएका थिए ।

कार्यक्रममा नेपाली प्रतिनिधिका तर्फबाट सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मा, समाजका संरक्षक पवन आलोक, अध्यक्ष श्रीओम श्रेष्ठ”रोदन”, महासचिव देविका तिमिल्सिना तथा सम्मानित व्यक्तित्व सरद प्रधान सहितले सम्बोधन गरेका थिए । आयोजक संस्थाको तर्फबाट लोकार्पित कृतिका स्रष्टाद्वय डा.गीता क्षेत्री, डा. नकुल क्षेत्री, कृतिका परिचर्चाकार डा.राजकुमार क्षेत्री, डा.सानु लेप्चा र डा.कमला तामाङले बोलेका थिए ।

एन. बी क्षेत्री सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन स्रष्टा कमल रेग्मीले गरेका थिए  ।

भ्रमणको क्रममा रहेका नेपाली साहित्यकारको टोलीमा नगेन्द्रराज शर्मा, पवन आलोक, श्री ओम श्रेष्ठ रोदन, देविका तिमिल्सिनाका अतिरिक्त चेतनाथ कडेल “हरित”, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी,  शंकर भारती, मधु पाठक तथा माधव बिडारी ” चेतनपथ”लगायत कुल एघार जनाको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *