‘धरतीका यमराज’ को विमोचन सम्पन्न

मुख्य समाचार

१५ असोज २०८०, काठमाडौँ,

स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभापतित्व र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन सम्पन्न भएको छ ।

७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर गरिएको कार्यक्रममा प्रमुखअतिथि घिमिरेले लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लिन रहेको भन्दै निरन्तरताको कामना गरे । लघुकथाकार महेश प्रसाईंले कोरोनाले आक्रान्त बनाएको समयलाई सिर्जनशील बनाएर लघुकथाकारले यो कृति तयार गर्न सकेको उनले बताए । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कथाको विषयवस्तु प्रस्तुत गर्दै उनले शीर्षकअनुसारका कथा रहेको उल्लेख गरे । कोरोना सन्दर्भका कथा भएकोले कोरोना एक यमराज र अन्य पनि यमराज बनेर नेपाल र नेपालीलाई तहसनहस पार्न आएको उनले बताए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार लम्सालका लघुकथा उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तरको अभ्यास र साधनाबाट यो कृति आएको उनले उल्लेख गरे । लघुकथाकार लम्सालले कृति सिर्जनाको आधार उल्लेख गर्दै यो लघुकथा सङ्ग्रह आउनुमा कोरोना मुख्य कारण भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *