नारी स्रष्टा समाज नेपालको पुरस्कारहरू वितरण सम्पन्न

मुख्य समाचार

२ मंसिर २०८१, काठमाडौं

नारी स्रष्टा समाज नेपालले नारी स्रष्टा लता गिरीको जन्मदिनका अवसरमा हरेक वर्ष मङ्सिर १ गते आयोजना गर्ने गरेको नारी स्रष्टा दिवस सम्पन्न भएको छ ।
सो अवसरमा बिभिन्न प्रतिभाहरुलाई स्रष्टा सम्मान प्रदान गरिएको थियो ।
मोहनलता विशिष्ट स्रष्टा सम्मान २०८१ का राजेश खनाल, भीमलाल यसोदा स्रष्टा सम्मान २०८१ त्रिभुवनचन्द्र वाग्ले, कविराज कौशिला स्रष्टा सम्मान २०८१ रमेश सुवेदी,कोशी लघुकथा स्रष्टा सम्मान २०८१ रमेन्द्र कोइराला, राजेन्द्र हेमलता स्रष्टा सम्मान २०८१ पार्वती भट्ट, मोहनलता स्रष्टा सम्मान २०८१ न श्याम स्मृत,तथा नारी स्रष्टा सम्मान २०८१ कमला पराजुलीलाई प्रदान गरिएको थियो ।
त्यस्तै प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कार “मिलन समिर र मिलन समीरहरू”( २०८०) का स्रष्टा मिलन समीरलाई प्रदान गरिएको थियो ।
यसैगरी नारी स्रष्टा सम्मान सुमन थापा सङ्गम, नीता श्रेष्ठ नित्यनूर, तारा के.सी., मीरा काफले पोखरेल, सुनिता निरौला पौडेल, ऋषिका ढकाल,पवनकुमार बुढाथोकी, शुक्रराज कुँवर, भानुप्रकाश जोशी, रोशन पराजुली,
शम्भु अर्याल, नवराज पोखरेल नवशिला, अर्नव लम्साल, प्रोसेस पाण्डेलाई प्रदान गरिएको थियो ।
सोही अवसरमा गुनासो लघुकथासङ्ग्रह, श्वेताम्बरा कवितासङ्ग्रह कृतिहरुको विमोचन समेत सम्पन्न भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.सावित्री कक्षपति, विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन, विशिष्ट अतिथि प्रा.डा. गोविन्दमान सिंह कार्की लगायतले मन्तब्य प्रकट गरेका थिए ।
नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको शुरुमा बिन्दु अधिकारी ढकालले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् तथा कार्यक्रम सञ्चालक रञ्जना पराजुली लम्सालले गरेकी थिइन् ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *