३१ भदौ २०८०, काठमाडौं
यस वर्षको बाह्रखरी कथा प्रतियोगिताका लागि कथा पठाउने म्याद २०८० असोज ३० म्याद तोकिएको छ । सर्वाधिक राशीको यो प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोश्रा हुनेले ६० हजार र तेश्रा हुनेले ४० हजार तथा उत्कृष्ट २२ कथाले ५ हजार पाउने छन् ।बाह्रखरीले वितरण गरेको विज्ञप्ति अनुसार सो प्रतियोगिताका लागि नियम यस प्रकार रहेकाछन् ।
– रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्याएर पठाउन पाइने छैन ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
– ‘डिसहोम बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
– कथा पठाउनका लागि :
इमेल– 2kharibooks@gmail.com
सम्पर्क : ०१–४१०६५१, ०१–४१०६५६, ९८०१८४९६१९