८ पुस २०८०, काठमाडौं
साहित्यिक पत्रकार संघले विसं २०३९ सालमा शुरु गरेको कविता यात्रा केही वर्ष यता स्थगित भ पनि यस वर्ष २०८० पुस ४ देखि ६ गतेसम्म दोलखाको शैलुङमा सम्पन्न भएको छ ।
‘तीनदिने कविता यात्रा– २०८०’ अन्तरगत पहिलो दिन चरिकोटमा नेपाल उद्योग वाणिज्य संघ, दोलखा र भानु- विद्यापती साहित्य प्रतिष्ठान, दोलखाले चरिकोटमा स्वागत गरेको थियो ।
दोस्रो दिनको बिहान समाजसेवी एवं गीतकार शोभित उप्रेतीको पहरीखर्क, भैंसेस्थित घरमा स्वागत एवं चियापानको आयोजना गरिएको थियो । त्यसपछि कविता यात्राका सहभागी स्रष्टाहरूले ५३४ मिटर उचाई रहेको शैलुङ्को थुम्कामा कवि नरेन्द्रबहादुर श्रेष्ठ, रामप्रसाद पन्त, प्रा. डा. गोविन्दमान सिंह कार्की, सुभाषचन्द्र पौडेल भीमफेदीया, विनोद नेपाल, नन्दु उप्रेती, डा. बुनु दाहाल, नीता श्रेष्ठ, प्रद्युम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नरहरि प्रेमी र सापसका अध्यक्ष राधेश्याम लेकाली लगायतले आआफ्नो रचना वाचन गरेका थिए ।
तेस्रो दिन साहित्यिक पत्रकार संघको विशेष प्रस्तावमा कालापानीमा समाजसेवी शोभित उप्रेतीले उपलब्ध गराउनु भएको ५ आना जग्गामा “स्रष्टा घर” निर्माणको लागि शिलान्यासको कार्यक्रम सम्पन्न भएको थियो । सो शिलान्यासको विधिवत् कार्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए । कवि मुरारि सिग्देलले विधि पूरा गराएका थिए । सो अवसरमा वडा अध्यक्ष धनबहादुर तामाङ, निवर्तमान वडा अध्यक्ष भरतप्रसाद दुलाल, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, एस. एस. फाउन्डेसन, दोलखाका संयोजक नवराज खड्का राजाबाबु, समाजसेवी रुद्र थपलियालगायतले आआफ्नो मन्तब्य राखेका थिए ।
कविता यात्राको अन्तिम दिनको अन्तिम कार्यक्रमको रुपमा शारदा मा. वि. को प्राङ्गणमा विशेष काव्य वाचन र सांस्कृतिक कार्यक्रमको आयोजना भएको थियो ।
कविता यात्रामा सहभागी साहित्यकारहरूले चरिकोट, चरणावती धाम, राम पाइला, सीता चुलो, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भिमानीथान, फलाम पोखरी, जुरे ढुंगा, महादेव, ढाड खोस्याउने ठाउँ, गाई ढुङा, घुडा दुख्दा दल्ने ढुङ्गा, बाघ ढुङा, गङ्गटो ढुङा, जोर धारा, बाघखोर, गङटो ढुङा, शैलेश्वर महादेव, धर्मद्वार, गोदावरी फूल्ने ठाउँ, दाईं गर्ने डाँडा, १०० थुम्का, ग्रेटबाल, टावर, भिमसेनको तरबार, विज्ञान पार्क, भिमानीथान आदि ठाउँको जानकारीमूलक भ्रमण गरेका थिए ।