१० साउन २०८०, काठमाडौं
आदुनिक कालका समर्थ कवि शैलेन्द्र साकारको अङ्ग्रेजीमा अनुदित कविताहरुको सङ्गरह “Serpents Won’t Listen to Your Poems” काठमाडौंमा आयोजित एक समारोह वीच विमोचन सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि द्वारिका श्रेष्ठ लगायत मञ्चासिन अतिथिहरुले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
समाजसेवी तारानाथ लुईंटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमूख अतिथि द्वारिका श्रेष्ठ, भीम उदास, पदम सुन्दास, श्रीओम श्रेष्ठ रोदन, आङ तेम्बा शेर्पा, सन्तोष घिमिरेले मन्तव्य प्रस्तुत गरेका थिए ।
दिन दयाल रिजालको उदघोषणमा सम्पन्न सो विमोचन समारोहमा प्रकाशकको तर्फबाट आरडी युयुत्सुले पनि वोलेका थिए ।
सङ्ग्रहमा रहेका २० कविताहरु मञ्जुश्री थापा, पद्मप्रसाद देवकोटा, फिलिप पियर्स, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, युयुत्सु शर्मा र प्रमेश केसीले अनुवाद गरेका हुन् ।
(फोटो सौजन्यः दिब्य गिरी)