यस वर्षको युवाव​र्ष मोती पुर​स्कार प्र​मोद सारंगलाई

मुख्य समाचार

१६ भदौ २०८०, काठमाडौं

हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गरिने “युवा वर्ष मोती पुरस्कार” कवि प्रमोद सारंग (प्रमोद शर्मा दाहाल) लाई प्रदान गरिने घोषणा भएको छ । व​रिष्ठ​ भाषाविद् त​था साहित्य​कार प्रा.डा.माध​व​प्र​साद पोख​रेल​को स​ंयोज​कत्व​मा ग​ठित मूल्याङ्कन स​मितिको सिफारिश अनुसार वि.सं. ​२०८० को युवाव​र्ष मोती पुर​स्कार सारंग​लाई प्र​दान ग​र्ने निर्ण​य​ भएको हो । पुर​कार​को राशी ४०,०००/-(चालिस​ ह​जार​) न​ग​द​, स्व​र्ण​ प​द​क र प्र​माण -प​त्र​ र​हेको छ।

राष्ट्रिय युवा सेवा कोष केन्द्रिय कार्यालयका सदस्य सचिव डा. विष्णु बहादुर भण्डारी हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

सारंग कविता तथा हाइकुमा विशेष कलम चलाउने कवि हुन् । उनका अप्रिल फुल बाँचिरहेछ देश (२०६९) र अज​य​तृप्ति (२०७७) दुई कविता सङ्ग्रह, आवाज र आवाजहरू (२०७४) मुक्तकस​ङ्ग्र​ह​, अनूदित आँखाहरू(२०७६) र अस​र्फी (२०७९ ) २ हाइकुस​ङ्ग्र​ह प्रकाशित छन् ।
अनुवादमा समेत उनको कलम चल्ने गरेको छ । ​उनले बिबिध कृति तथा स्मारिका समेत सम्पादन गरेका छन् ।
बिसं २०४२ सालदेखि प्रत्येक वर्ष ४० वर्ष उमेर ननाघेका युवा प्रतिभालाई दिईने यो पुरस्कार पहिलोपल्ट दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने गत वर्ष विसं २०७९ का लागि बिर्खे अन्जानलाई प्रदान गरिएको थियो ।
स्थापनाकालदेखि नेपालभित्रका नेपाली साहित्यकारलाई प्रदान गरिंदै आएको यो पुरस्कार नेपाल बाहिर कर्म क्षेत्र बनाउने नेपाली भाषाका साहित्यकारले प्राप्त गरेको यो दोश्रो अवसर हो । दक्षिण कोरियालाई कर्मभूमि बनाएका प्रमोद सारंग अघि जापानलाई कर्मभूमि बनाएका प्रकाश पौडेल माइलाले यो पुरस्कार पाएका थिए ।

Leave a Reply