“मुक्तक सागर” को अमेरिका विशेषाङ्क प्रकाशित

मुख्य समाचार

३१ साउन २०८०, काठमाडौं

मुक्तककार नीशा केसीको सम्पादनमा काठमाडौंबाट नियमित प्रकाशन भैरहेको मुक्तक विधाप्रधान साहित्यिक पत्रिका “मुक्तक सागर” को २०औं अङ्क अमेरिका विशेषाङ्कको रुपमा प्रकाशित भएको छ । विषेशाङ्कमा हाल अमेरिकामा रहेका ६२ जना नेपाली सर्जकका ३।३ मुक्तकहरु समावेश गरिएका छन् ।
यस विशेषाङ्कमा तारा पराजुली, यम पौडेल, गोविन्द गिरी प्रेरणा, अमर कार्की, उमा शर्मा, शान्ता अधिकारी घिमिरे, ज्योतिकुमार श्रेष्ठ, बिटु के. सी., भारती गौतम, आविष्कार भारती, शिव पलाँस, वेदकुमारी न्यौपाने, भूपेन्द्र महत, नीलकण्ठ सुवेदी, सुरेश भट्ट, सरला श्रेष्ठ, शरद परासर मरहठ्ठा, विकास विष्ट, शेखर दुवाल, राधाकृष्ण काफ्ले, बिमला ढुंगाना, शकुन ज्ञवाली, लालगोपाल सुवेदी, राजु सिटौला, पद्मा लिखा मगर, कुन्ती थापा, राजेन्द्र श्रेष्ठ, प्रकाश भट्ट, शारदा क्षेत्री, प्रभा पोखरेल, तीर्थराज अधिकारी, पुष्पा खनाल, सर्वज्ञ वाग्ले, जगन्नाथ पौडेल, दीप बिष्ट, लक्ष्मी श्रेष्ठ, कमला न्यौपाने, प्रमोद अमात्य, दिलीप योन्जन तामाङ, बालकुमारी घिमिरे’गजलिका, नारायण भट्टराई, मन्जु बिमली, बसन्त श्रेष्ठ, मित्र पौडेल, अमर त्यागी, रश्मि भट्ट, डा. ऋषि बस्ताकोटी, अमर रोका, मधुसूदन पान्डे, आनन्द श्रेष्ठ, राजेन्द्रप्रसाद अर्याल, आचार्य प्रभा, महेश्वर पन्थ, नेत्र बन्धु,ललिता जोशी, कृष्ण कुसुम, सीता अर्याल, शर्मिला श्रेष्ठ, नम्रता गुरागाई, सहदेव कोइराला,कृष्ण न्यौपाने, रीतादेवी प्रधानका मुक्तकहरु समेटिएका छन् ।
साथै साहित्यकार कृष्ण धरावासीसँगको अन्तर्वार्ता तथा लाल गोपाल सुवेदीको समीक्षा समेत प्रकाशित छ ।
विगत ५ वर्षदेखि प्रकाशित “मुक्तक सागर” मुक्तककार निशा के.सी. को सम्पादनमा नियमित प्रकाशित भइरहेको छ र यस अमेरिका बिशेषाङ्कका अतिथि सम्पादक डा. ऋषि बस्ताकोटी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *