जगदीश नेपाली स्मृतिग्रन्थ प्रकाशित

समाचार

१५ भदौ २०८०, काठमाडौं

नेपाली साहित्यमा लघुकथाको विस्तृत आकर्षण र व्यापकता नभएको बेला थोरै लघुकथा लेख्नेहरुको समयमा लघुकथा विधामा कलम चलाउने साहित्यकार जगदीश नेपालीको स्मृतिमा “जगदीश स्मृति” शिर्षकमा जगदीश नेपालू स्मृति ग्रन्थ प्रकाशित भएको छ । यो ग्रन्थको सम्पादन तीसका दशकका समर्थ कवि महेश प्रसाईंले गरेका हुन् ।
यस ग्रन्थमा जगदीश नेपाली सम्बन्धित संस्मरणात्मक लेखहरु, उनले नेपाली लघुकथा विधामा पुर्याएको योगदान, उनका कृतित्वको मूल्याङ्कन मूलक समालोचना समाविष्ट गरिएका छन् ।
ग्रन्थमा प्रह्लाद पोखेल, सीता बस्नेत (सापकोटा), केशव पोखरेल , आर.डी. ‘प्रभास’ चटौत, प्रा. डा. कुमारप्रसाद कोइराला, पुरुषोत्तम भट्टराई, दिन विनोद खड्का, पं. छविलाल पोखरेल, हरिनाथ बाँस्तोला, प्रा. डा. माधवप्रसाद पोखरेल, हेमन्तराज अर्याल, गणेशमान श्रेष्ठ, शशीप्रसाद बजगाई, प्रा. डा. गोपालप्रसाद भण्डारी, जीतमान राई, नारद ओझा, बद्री पलिखे, चन्द्रमणि अधिकारी, पथिक कवि लक्ष्मी आचार्य, मोहन प्रधान, भीष्म काफ्ले, पीताम्बर भोला लम्साल, प्रा.रघुनाथ वर्मा, केदारनाथ श्रेष्ठ, हर्ष सुब्बा, मानवज्राचार्य, इन्द्र थापा, गिरिराज आचार्य, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, डा. हरिप्रसाद सिलवाल, डा. केदार न्यौपाने, केदार शाक्य, प्रा. डा. मदन कोइराला, अशेष मल्ल, लक्ष्मी उप्रेती, दिव्य गिरी, प्रा. डा. खेम कोइराला बन्धु, डा. तुलसी भट्टराई , गुरु विश्वमोहनी (विष्णु कोइराला), यादव खरेल, नीलमणि नेपाल, गोविन्द तिमिल्सिना, लोचन भट्टराई, केशवप्रसाद चौलागाई, कविराज खनाल, नवराज रिजाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा. डा. कृष्णप्रसाद दाहाल, भरतराज पोखरेल, दधिराज सुवेदी, कोषराज न्यौपाने, डा. शैलेन्दुप्रकाश नेपाल, धीरकुमार श्रेष्ठ, प्रमोद प्रधान, प्रा.डा. दयाराम श्रष्ठ, गोविन्द गिरी प।्रेरणा, महेश प्रसाईं, अच्युतरमण अधिकारी, कृष्ण कोइराला, सूर्यप्रसाद कोइराला, रामप्रसाद श्रेष्ठ, दुर्गादेवी तिवारी का रचनाहरु समेटिएका छन् ।
साथै यस ग्रन्थमा जगदीश नेपालीका ३१ लघुकथाहरु समेत समाविष्ट छन् ।
विसं २०३९ सालमा उनको “जगदीश नेपालीका कथाहरु” महानन्द नामको प्रकाशनबाट प्रकाशित भएको थियो ।
स्मरणीय छ, जगदीश नेपाली भाषाशास्त्री महानन्द सापकोटाका जेठा सुपुत्र हुन् र यस ग्रन्थका सम्पादक कवि महेश प्रसाईंका मामा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *