१२ अगस्त वाशिंटन डिसी
विश्वपरिक्रमा डेस्क
नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड ईन्फेक्टियस डिजिजका निर्देशक डा.एन्थोनी फाउसीले कुनै समयमा पूर्ण भ्याक्सिन लगाएकाहरुले पनि बूस्टर अर्थात् तेश्रो भ्याक्सिन भविष्यमा लगाउनुपर्ने हुनसक्छ भन्ने कुरा बताएका छन् । सिविसीसँग कुरा गर्दै उनले सो कुरा वताएका हुन् । यद्यपि अहिले तेश्रो खोप सबैलाई आवश्यक नभएको पनि उल्लेख गरे ।
अहिले रोग प्रतिरक्षा कमजोर भएका व्यक्तिहरुलाई तेश्रो खोपको आवश्यकता महसूस गरिएको छ र यसका लागि अमेरिकाको औषधी नियमन निकाय खाद्य तथा औषधी प्रशासन अर्थात् एफडिएले आगामि ४८ घण्टामा स्वीकृति दिने अपेक्षा गरिएको छ ।
स्मरणीय छ, यो निकायको स्वीकृति विना अमेरिकामा औषधीको प्रयोग गर्न पाईंदैन ।