८ भदौ २०८१, चितवन
चितवन साहित्य प्रतिष्ठानले प्रदान गर्ने “चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार” तथा “चिसाप माधव खनाल साहित्य पुरस्कार” को घोषणा भएको छ ।
चितवन साहित्य परिषद्को ८ भदौमा बसेको बैठकले गरेको निर्णय अनुसार चिसाप राजकृष्ण मायादेवी साहित्य पुरस्कार -२०८० यज्ञराज उपाध्यायको “काली – कर्णालीको लोकसाहित्य र संस्कृति” तथा चिसाप माधव खनाल साहित्य पुरस्कार -२०८० ज्ञानु अधिकारीको “संवेदनाको समायोग”लाई अर्पण गर्ने निर्णय गरेको छ ।
परिषदले जनाएअनुसार यी पुरस्कारहरु १५९ औँ मोतीजयन्तीको अवसरमा भदौ १५ गते अर्पण गरिने छ ।