२९ असार २०८०, काठमाडौं
“जीवन काँढा कि फूल” आत्मकथात्मक कृतिका लागि विसं २०६७ सालमा प्रतिष्ठित मदन पुरस्कार प्राप्त झमक घिमिरेको नयाँ कृति “कर्मणा” प्रकाशित भएको छ ।
यो उनको १४औं प्रकाशित कृति हो ।
झमकले “कर्मणा” विसं २०७४ देखि २०७८ सम्म लेखिएका आफ्ना भोगाइहरु र विचारहरुको निवन्धात्मक कृति भएको विश्वपरिक्रमालाई बताइन् ।
लेखनको शुरुवाती क्रममा उनको लेखन कवितामा केन्द्रित थियो र पछिल्लो चरणमा उनको कलम गद्यमा बढी चलेको छ ।