किताव जात्राको तेश्रो दिल्ली संस्करण सम्पन्न

मुख्य समाचार

३० जुलाई २०२३, नयाँ दिल्ली

किताव जात्राको तेश्रो दिल्ली संस्करण ३० जुलाइका दिन नयाँ दिल्लीस्थित एलपिएस अडिटोरियममा सम्पन्न भएको छ । एक दिने सो कार्यक्रमको उद्घाटन भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा किताब जात्रा उद्घाटन गरिएको थियो ।
तीन सत्रमा छलफल कार्यक्रम राखिएको थियो । पहिलो र दोश्रो सत्र नेपाल भारत सम्बन्धको विषयमा तथा अर्थसँग सम्बन्धित उद्यमको बाटो रहेको थियो ।
तेश्रो सत्र साहित्य सम्बन्धी थियो ” जीवनमा आख्यानःआख्यानमा जीवन” विषयक । यस सत्रलाई दिल्लीका पत्रकार, लेखक तथा अनुवादक विष्णु बहादुर गुरुङले सहजिकरण गरेका थिए र छलफलमा नेपालबाट गएका साहित्यकारहरु नयानराज पाण्डे, सरस्वती प्रतीक्षा तथा वसन्त बस्नेतले भाग लिएका थिए ।
त्यसपछिको सम्वाद कार्यक्रममा नेपालबाट गएका कवि बिप्लव प्रतीक तथा मिडियाकर्मी मिस्टर ईर्फानले सहभागिता गरेका थिए ।
त्यसपछिको कार्यक्रममा बसन्त बस्नेत, सरस्वती प्रतीक्षा, नयनराज पाण्डे तथा विप्लव प्रतीकले कविता वाचन गरेका थिए ।
किताव जात्राका निर्देशक ऋषिराम अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रम किताव जात्राका प्रमुख सल्लाहकार भरत रिजालको धन्यवाद ज्ञापनसँगै औपचारिक समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *