१४ साउन, २०८० काठमाडौं
लघुकथा समाजले वर्षेनी प्रदान गर्ने ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’विसं २०८० का लागि लघुकथाकार लता केसीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
निर्णायक समितिले सिफारिस गरेको नामहरुमा छलफल गरी कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस सम्मानमा २१ हजार नगदराशिसमेत प्रदान रहेको छ ।
लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ तथा उनकी पत्नी ललिता श्रेष्ठद्वारा स्थापित यो सम्मान पहिलो पटक विसं २०७८ का लागि ‘सर्वनाम नाट्य संस्था’लाई र दोस्रोपटक विसं २०७९ का लागि अनिता तुलाधरलाई समर्पण गरिएको थियो ।
विसं २०३९ सालदेखि नै साहित्य लेखनमा सक्रिय लता केसीका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’ र ‘सफलता’ तीन लघुकथासंग्रह प्रकाशित छन् ।
लघुकथा दिवसका दिन आउँदो भदौ ५ गते विशेष कार्यक्रमकाबीच यो सम्मान प्रदान गरिने कुरा लघुकथा समाजले जनाएको छ ।