कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे?’ विमोचित

मुख्य समाचार

९ भाद्र, २०८०, काठमाडौं

कवि तथा प्राध्यापक  एल.बी. क्षेत्रीको नव प्रकाशित कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’लोकार्पण भएको छ ।  प्रकाशक पेज टर्नरको आयोजनामा भएको सो समारोहमा  प्रमुख अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई ,मीना लामिछाने ट्रस्टकी अध्यक्ष मीना लामिछाने, भुवन ढुङ्गाना, लेखक लगायत मञ्चासिन सबैले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

लोकार्पण पश्चात् प्रमुख अतिथिले मन्तब्य समेत प्रकट गरेका थिए ।

कार्यक्रममा समालोचक महेश पौड्याल, कवि भुवन ढुङ्गानाले पुस्तकका विषयमा मन्तब्य राखेका थिए ।

सो अवसरमा कवि एल.बी क्षेत्रीले  “मेरा कविता म जस्तै कविता कोर्ने सबै कविलाई समर्पित गरेको छु |” भने ।

लोकार्पित सङ्ग्रहबाट प्रज्ज्वल अधिकारी,भवानी खतिवडा र भैरवी भूगोलले कविता बाचन गरेका थिए ।

पेज टर्नरका अध्यक्ष तथा साहित्यकार भुवनहरि सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको शुरुमा स्वागत मन्तव्य डा.अशोक थापाले गरेका थिए ।

1 thought on “कवि एल.बी. क्षेत्रीको ‘को हो त्यो मान्छे?’ विमोचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *