साहित्यकार विजय बजिमयको निधन

साहित्यिक संस्था साहित्यिक सूचना

विश्वपरिक्रमा डेस्क
२८ कार्तिक, काठमाडौं

नेपाली साहित्यमा कविता तथा कथामा कलम चलाउने पोखराका ख्तातिप्राप्त साहित्यकार विजय बजिमयको आजै काठमाडौंमा निधन भएको छ । विसं २०१४ साल चैत २३ गते पोखरामा जन्मिएका वजिमय शारिरीक अश्वस्थताका वाबजूद नेपाली साहित्यमा ३० र चालीसको दशकमा निकै सक्रिय थिए ।


उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा पुरस्कृत समेत भएका थिए ।
उनका कथा र कविताका पुस्तकहरु प्रकाशित छन् । उनले लामो समय “आँखीझ्याल” गोजिका पत्रिका सम्पादन प्रकाशन समेत गरेका थिए ।
एक समय पोखराका पर्याय भएका उनी पछिल्लो समय काठमाडौंमा वसोवास गर्न थालेपछि साहित्यमा अलि निस्कृय भएका थिए ।
उनी आजिवन अविवाहित रहेका उनका रचनाहरु नै उनका उत्तराधिकारी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *