दार्जिलिङका साहित्यकार हरेन आलेको निधन

मुख्य समाचार

२८ अक्टोवर २०२४, दार्जिलिङ

दार्जिलिङका साहित्यकार हरेन आलेको निधन भएको छ । स्थानीय ईडेन अस्पतालमा पेटको उपचारको क्रममा निधन भएको थियो ।
ई.सं.१९४२ नोभेम्वर २२ का दिन फुवागढी चिया कमान, मिरिक दार्जिलिङमा जन्मेका उनको खास नाम हरेन्द्र विक्रम हो । सन। १९५८ मा कईचनजङ्घा पत्रिकामा “यसवेला को आयो ?” कविता प्रकाशनका साथ साहित्य जगतमा उदाएका आलेको कविता, नाटक, समीक्षा लगायतका विधामा कलम चलेको थियो ।
उनका “प्रतिबिम्ब” (नाटक, १९७२), “बैंसहरु” (कविता सङ्ग्रह, १९७७), “अजम्बरी सबै र हृदयको फूल” (कविता सङ्ग्रह, १९९७), “सिर्जनाको वरिपरि “(समीक्षात्मक लेख, २००२) आदि कृतिहरु प्रकाशित छन् ।
उनले तेश्रो परिक्रमा, मनन, नव आधुनिक कविता लगायतका सङ्कलन र पत्रिका सम्पादन समेत गरेका थिए ।
उनी नेशनल बुक ट्रष्टबाट पुरस्कृत भएका थिए । साथै उनले डा. लक्ष्मीनारायण दुबे सम्मान समेत प्राप्त गरेका थिए ।

०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *