छायां

अनुवाद समाचार

भ्यालेण्टिना नोव्कोभिच

 

जब कमजोरी विजेता हुन्छ

चाहनाका दुर्लभ क्षणहरू

जुन पढ्न सकिन्छ

केवल सुलेखक मात्रै हुन्छन् विलुप्त

सोच्नुहोस् कि त्यो पीडा हो

केवल एक कप चिया जति

मल्हम त्यति नै वेला ।

जव खानेकुरा दुर्लभ हुन्छ

गोजीमा ती विस्फोट हुन्छन्

मैले बोकेका मिठाइहरू

सम्झाईबुझाई गर्दै

अरूलाई मानौं म हिजो जन्मेको हुं

र अहिलेसम्म जीवित ।

मैले यसो भन्दा विश्वास गर्दैनन् तिनीहरू

कि रातमा म बदलिन्छु

चिहाउंदै छायांमा ।

भीडभाडका छेउमा

ऐतिहासिक क्षणहरू

रक्षा कवच हुंदै

र हुंदै लडाकु,

दोहोर्याउंदै र हराउंदै ,

हो म सक्छु

प्रतीक्षा गर्न धैर्यपूर्वक मिर्मिरेको

जसमा एकताबध्द हुनेको

सर्वथा अभाव छ ।

(अङ्ग्रेजीवाट अनुवादः गोविन्द गिरी प्रेरणा)

कवि परिचयः भ्यालेण्टिना नोव्कोभिच सर्वियाली कवयित्री हुन् । उनका कविता रुसी, उज्वेक, किर्गिस, पोल्याण्डेली, रोमेनियाली, भियतनामी, स्प्यानिस, चिनियाँ लगायतका भाषामा अनुवाद भै प्रकाशित छन् । उनको एक कविता सङ्ग्रह अङ्ग्रेजीमा प्रकाशित छ । उनले काव्यिक योगदानका लागि प्रशस्त पुरस्कार र सम्मान पाएकी छिन् । उनी सर्बियाको बेलग्रेडमा बस्छिन् ।

Leave a Reply