विश्वपरिक्रमा डेस्क
१० अगस्त, वाशिंटन डिसी
११ महिलालाई यौन उत्पिडनको आरोप लागेका न्यूयोर्कका डेमोक्रेटिक गभर्नर एण्ड्रयू कुमोले अन्तत: आफ्नो पदबाट राजिनामा गरेका छन् ।
उनको राजिनामापछि राष्ट्रपति वाइडेनले भने, ” म गभर्नरको राजिनामाको सम्मान गर्दछु । उनले गरेको निर्णयको म सम्मान गर्दछु । ”
यसअघि राष्ट्रपति वाइडेनले कुमोले राजिनामा गर्नुपर्ने वताएका थिए । यदि उनले राजिनामा नगरे उनीमाथि महाभियोगको प्रकृया हुने बताइएको थियो ।
कुमोले राजिनामाको घोषणा गर्दै सरकारी छानविनका लागि मार्ग प्रसस्त गर्न राजिनामा गरेको वताएका थिए । उनले आफू न्यूयोर्कवासीको साथमै भएको समेत वताएका थिए ।
उता न्यूयोर्कका महान्यायाधिवक्ता लेटिटिया जेम्सले यो राजिनामासँगै यौटा दु:खद अध्यायको अन्त्य भएको वताइन् ।
(Photo Credit: Seth Wenig/AP)