हरि अधिकारीको “ संकलित गद्य रचना” का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार दिइने घोषणा

Uncategorized

विश्वपरिक्रमा डेस्क

२५ सेप्टेम्वर, वाशिंटन डिसी

ग‌ैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिकोअन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायीबसोवास गर्नु हुने साहित्यकार श्री हरि अधिकारीद्वारा लिखित ‘ संकलित गद्य रचना’ नामक कृतिलाई प्रदान गर्ने निर्णय गरेको सोसमितिको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

यो पुरस्कार चयनका लागि वरिष्ठ आख्यानकार डा.ध्रुवचन्द्र गौतमको संयोजकत्वमा डा.हरिराज भट्टराई, डा.ज्ञानु पाण्डे र नयनराजपाण्डे सम्मिलित निर्णायक गठन गरिएको थियो !

पुरस्कार यहि अक्टोबरमा काठमाडौंमा सम्पन्न हुने दशौं महाधिवेशनका अबसरमा हस्तान्तरण गरिने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply