पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ ५ दशकपछि पुनःमुद्रण

Uncategorized

विश्वपरिक्रमा डेस्क
२४ सेप्टेम्वर, वाशिंटन डिसी

साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित नेपाली भाषाको पहिलो लघुकथासंग्रह ‘झिल्का’को पुनः प्रकाशन गरिएको छ । पहिलो संस्करण विसं २००७ सालमा प्रकाशित ‘झिल्का’को तेस्रो संस्करणसम्म रत्न पुस्तक भण्डारले सालमा प्रकाशित गरेको थियो ।

काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतमसँगै विधान आचार्य, लता केसी, हरिप्रसाद भण्डारी, निशा केसी, विदुर चालिसे, त्रिलोचन ढकाल, श्रीराम राईलगायतले सात दसक पुरानो लघुकथासंग्रह ‘झिल्का’को सामुहिक विमोचन गरेका थिए ।
विमोचनपछि वरिष्ठ साहित्यकार अशेष मल्लले ब्राह्मणका लघुकथा सर्वकालिक रहेको उल्लेख गरे । समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले साहित्यकार ब्राह्मणको यो कृति पढ्नै पर्ने कुरामा जोड दिए ।
सो कार्यक्रममा स्रष्टा सुमन सौरभले लेखक कहिल्यै नमर्ने, सदा जीवित रहने गरेको प्रमाण ब्राह्मणको यो कृति भएको उल्लेख गरे । साथै निशा केसी, त्रिलोचन ढकाल, डा. विदुर चालिसे, छविरमण सिलवाल लगायतले समेत आफ्ना धारणा राखेका थिए ।
लघुकथा समाज केन्द्रीय समितिद्वारा आयोजित सो कार्यक्रम समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply