हजार वर्ष पुरानो चेरीको बृक्ष अझै फुल्छ

Uncategorized

चेरीको बृक्ष जापानमा प्रख्यात छ । चेरी फुलेको हेर्न जापानी मात्र होइन विश्वका बिभिन्न मुलुकका मानिस जापान पुग्दछन् । अमेरिकामा पनि वाशिंटन डिसीमा चेरी फुल्ने मौसममा अमेरिकाभरिवाट वाशिंटन डिसी आउँछन् । यी चेरीका बृक्षहरु जापानीहरुले उपहार स्वरुप अमेरिकालाई दिएका हुन् ।
जापानको फुकुशिमा प्रान्तको मिहारुमा एक हजार वर्ष पुरानो चेरीको बृक्ष छ, जो सबैको आकर्षण बनेको छ । यसलाई जापानी भाषामा ताकिजाकुरा अर्थात् झरना चेरी बृक्ष पनि भनिन्छ ।
सन् २०११ मा यो बृक्ष भएको नजिकै आणविक दुर्घटना भयो । तर यो वच्यो ।
मिहारुका साँस्कृतिक सम्पदा जोगाउने अभियानका प्रमुख सिदाफूमी हिराताले यो बृक्षलाई विशेष ध्यान दिएका छन् । जीवनभर यो रुख देखिरहेका उनलाई यस रुखप्रति अपनत्व हुनु स्वाभाविक पनि हो।
एकपल्ट भूईंचालो गएपछि हिराता हतारहतार त्यस रुखलाई हेर्न गए । तर रुख सुरक्षित देखेपछि लामो सास फेरे ।
चेरीको यो बूढो बृक्ष अझै पनि फुल्छ, हिराता र हिराताजस्तै धेरै जापानीहरुको अनुहारमा पनि मुस्कान फुल्छ ।

(Photo Credit: 京浜にけ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *